Friday, January 17, 2025
समाजचितवनमा रवि लामिछानेको जित निश्चित

चितवनमा रवि लामिछानेको जित निश्चित

चितवन: चितवन क्षेत्र नम्बर २ मा रबि लामिछाने निर्वाचित भएका छन् । चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको हो ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ३६१५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७१४८ छ। उनीहरूबीचको मतान्तर २९०१० छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत २८ हजार मात्र छ। अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग २९ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।

 

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img