राजनीतिसरकारबारे निर्णय लिनु अगाडि लामिछानेले भेटे प्रधानमन्त्री

सरकारबारे निर्णय लिनु अगाडि लामिछानेले भेटे प्रधानमन्त्री

काठमाडौं: सरकारबारे निर्णय गर्न रास्वपाले केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बोलाइएको छ।

काठमाडौं : सरकारबारे निर्णय गर्नुअगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। चितवन-२ बाट सांसदमा पुन निर्वाचित भएपछि लामिछानेले आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन्।

चितवनबाटै लामिछानेले न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने बुँदा हटेको सरकारले हटाएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए। ‘सरकारलाई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ। न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनपर्छ भन्ने बुँदा हट्यो।’ उनले भनेका थिए,‘सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने हो।’

सरकारबारे निर्णय गर्न रास्वपाले केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बोलाइएको छ। संसदीय दलको नेता चयन र राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको जनाएको छ ।

सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठकमा संसदीय दलको नेता चयन हुने बताइएको छ। रवि लामिछानेको सांसद पद गुमेपछि उपसभापति डोलप्रसाल अर्याललाई संसदीय दलको नेता बनाइएको थियो। लामिछाने पुन निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img