Friday, July 18, 2025
समाजपठनपाठन रोकेर विद्यालयमा मेयर कप संचालन गरेपछि..

पठनपाठन रोकेर विद्यालयमा मेयर कप संचालन गरेपछि..

spot_img

सल्यान: जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा दोस्रो मेयर कप खेलकुद उद्घाटन कार्यक्रममा एमाले निकट युवा विद्यार्थीले नाराबाजी गरेका छन् ।

बालबालिकाको पठनपाठन प्रभावित हुने गरी प्रभाकर मावि बन्द गरेर खेलकुद संचालन गरेको र विद्यालयलाई खेलकुद मैदान बनाएको भन्दै विद्यार्थीले नाराबाजी गरेका हुन् । नाराबाजी चलिरहेको अवस्थामा केहीले हातपात गर्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो । झडप रोक्न उनीहरुलाई प्रहरीले हटाएको थियो ।

- Advertisement -

मेयर कप खेलकुद संचालनको पूर्वसन्ध्यामा विभिन्न माग राखेर नगरपालिकामा बुझाए पनि बेवास्ता गरेका कारण नाराबाजी गर्नु परेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष सन्तोष खत्रीले बताए । विद्यालय बन्द गरी खेलकुद संचालन गर्न नपाइने, विद्यालयलाई खेलकुद मैदानको रुपमा प्रयोग गर्न नपाइने, खेलकुद विकास समितिमार्फत खेल खेलाउनु पर्ने सबै वडाध्यक्ष कप सम्पन्न गरेरमात्र मेयर कप खेलकुद संचालन गर्नुपर्ने, रचनात्मक र अतिरिक्त क्रियाकलाप बढाउनु पर्ने आफूहरुको माग रहेको उनले जनाए ।

बिहीबारदेखि संचालित मेयर कप उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्माले गरेका थिए । मेयर कपमा बन्गाड कुपिण्डे नगरपालिकाका एक दर्जन विद्यालयका विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img