मकवानपुर: मकवानपुरमा मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालक घाइते भएका छन् । हेटौंडा उमहानगरपालिका वडा नं.१७ गैरीगाँमा मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालक घाइते भएका हुन् ।
कान्तिलोकपथ अन्तर्गत हेटौंडाबाट मकवानपुरगढीतर्फ जादै गरेको बा.प्र.०३–००२ प ०५२८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा आयुषलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट आयुषको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको छ । घाइते बालकको उपचारको लागि सन्चो अस्पताल हेटौंडा पठाईएकोमा त्यहाँबाट नर्भिक अस्पताल काठमाण्डौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन ।