Tuesday, July 8, 2025
समाजभोली सार्बजनिक बिदा

भोली सार्बजनिक बिदा

spot_img

काठमाडौं: सरकारले उभौली पर्वको अबसरमा बैशाख २२ गते शुक्रबार सार्बजनिक बिदा दिएको छ । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ ।  राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा उभौली पर्व पनि उल्लेख  छ ।

उभौली पर्व : प्रकृतिको पूजा

-सूचना-

उभौली पर्व वसन्त ऋतुमा वालीनाली राम्रो होस्, सबैमा शान्ति सुख रहोस्, दैवी प्रकोप वा विपत्तीहरुको सामना गर्न नपरोस् भनेर प्रकृतिको पूजा गर्छन् । यो पर्व प्रत्येक वैशाख पूर्णिमादेखि यी जातिले भव्य रुपमा मनाउँदै आएका छन् । उभौली पर्व अर्थात भूमी पूजा साकेला सिली नाच्दै एक महिनासम्म मनाउने गरिन्छ ।

किरातहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि बर्षेनी बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमामा मनाउँने गर्छ । यसैगरी बालीनाली पाकेपछि पनि खुसीयाली मनाउने गरिन्छ । यस पर्वलाई चाहि उधौली भन्ने गरिन्छ, जो मंसिरे पूर्णिमामा पर्छ ।

यस पर्वमा साकेला नाच नाच्दै रमाइलो गरिन्छ । शुद्ध तन, मनले ढोल, झ्याम्टा, धनुकाँडको अदुवा, मर्चा आदिले पूजा गरेपछि सृष्टिकर्ता र प्रकृतिको पूजा गरेमा सबैको कल्याण हुन्छ भन्ने मान्यता छ ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img