मकवानपुर: हेटौंडामा रहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसका संचालक पुरण जोशीले आफ्ना विधार्थीका अभिभावक थर्काएका छन् । भोली वैशाख २६ गतेबाट सुरु हुन लागेको कक्षा १२को परीक्षाको प्रवेशपत्र लिन गएका अभिभावकलाई उनले थर्काएको भिडियो सामाजिक संजालमा भाईरल नै भएको छ ।
क्याम्पसमा बुझाउन पर्ने शुल्क केही बाकी रहेको र केही समयमा तिर्ने बताउदै उक्त क्याम्पसमा गएका अभिभावकलाई क्याम्पस संचालक जोशीले पैसा नदिए प्रवेश पत्र नदिने बताउदै “के गर्नु हुन्छ? मार्नु हुन्छ?” भन्दै हपारेको भिडियोमा देख्न सकिन्छ ।
भिडियोमा जोशीले ‘फिस तिर्ने प्रवेश पत्र निएर जाने भनेको सुनिन्छ, अभिभावले ‘पैसा दिन्छु अहिले ३० हजार मात्र छ बाकी केही समयमा दिन्छु’ भने पनि जिशीले “पैसा नभए दिदै दिन्न” भनेर अभिभावक हपारे । भोलीबाट हुन लागेको कक्षा १२ को परीक्षाको प्रवेशपत्र नपाए आफ्नै विधार्थी परिक्षामा सहभागी पाउदैन तर जोशीले मानवताको ख्याल राखेनन । परिक्षा दिन तयार बिधार्थीलाई मानसिक तनाव दिन हुदैन भन्ने उनले भुलेछन ।