मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा एक बेवारिसे शव फेला परेको छ ।
आईतबार बागमती गाउँपालिका अन्तर्गत धरान-चतारा सडकखन्डमा एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ ।
प्रहरीका अनुसार बागमती गाउपालिका वडा नम्बर ७को कार्यालय जाने सडक छेउमा अन्दाजि ६५ वर्षको एक पुरुष मृत अवस्थामा फेला परेका र उक्त शव परीक्षण र शनाखतका लागि हेटौडा अस्पतालमा ल्याईएको छ ।



