नवलपरासी । नारायणी नदीमा डुबेर एक दम्पतीको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर – २ स्थित नारायणी नदीमा डुबेर स्थानीय ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले जानकारी दिए ।
नारायणी पारी निगुरो टिप्न जान लागेको समयमा डुंगा डुबेर बेपत्ता भएका बोटे दम्पती मृत अवस्थामा फेला परेका हुन् ।
मृतक दुवैको शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पतालमा राखिएको छ । आईतबार साँझ आएको ठूलो हावाहुरीको समयमा नदी पार गर्दा डुंगा डुबेको हुन सक्ने प्रहरीको अनुमान छ ।