Friday, July 11, 2025
समाजपाथीभरा मन्दिरमा भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि छानबिन समिति गठन

पाथीभरा मन्दिरमा भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि छानबिन समिति गठन

spot_img

इलाम— इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, सहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोरकुमार ताम्राकार रहेका छन् । एक सदस्य रोङ गाउँपालिकाले तोक्ने बताइएको छ ।

गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको थियो । पत्र आएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

उनले सो समितिलाई सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे । ‘सत्यतथ्य बाहिर आउनुपर्‍यो, उहाँहरूले हामीलाई २५ दिनको म्याद माग्नुभएको छ’, उनले भने,‘जे भए पनि एउटा प्रक्रिया अगाडि बढेको छ, अब काम हुन्छ ।’

पाथीभरा मन्दिरमा संरक्षण संस्थाले पाँच वर्षमा हिसाब गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडि बढेको छ ।

समितिले २५ दिनभित्र प्रतिवेदन तयार पार्ने जनाइएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img