देशगण्डकी प्रदेशगाउँपालिकाका अध्यक्षले आफ्नै पालिकाभित्र घुमेको १६ हजार ८ सय रुपैयाँ सम्म बुझे

गाउँपालिकाका अध्यक्षले आफ्नै पालिकाभित्र घुमेको १६ हजार ८ सय रुपैयाँ सम्म बुझे

जनपत्र: मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै पालिकाभित्र घुमेको भन्दै भ्रमण खर्च बुझेका छन् । बितेको आर्थिक वर्ष २०७८–०७९ मा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्षले गाउँपालिका क्षेत्रभित्र अनुगमन गर्दा समेत भ्रमणखर्च भनेर मोटो रकम भत्ता बुझेका छन् ।

आफ्नै पालिका भित्र भ्रमण गरेको भनेर भत्ता बुझ्न पाउने कानूनी व्यावस्था छैन । तर, गाउँपालका अध्यक्ष र उपाध्यक्षले पटक–पटक भ्रमण गरेको भन्दै भत्ता रकम बुझेका छन् ।

अध्यक्ष र उपाध्यक्षले आफ्नै गाउँपालिका भित्रका वडा कार्यालयको भ्रमण गरेको भन्दै ९३ हजार ९७० रुपैयाँ भ्रमण खर्च बुझेको महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आफ्नै गाउँपालिका भित्रका वडा कार्यालयहरुमा पुगेको भन्दै अध्यक्ष र उपाध्यक्षले एक पटकमा दश हजार रुपैयाँ देखि १६ हजार ८ सय रुपैयाँ सम्म बुझेका छन् ।… थप 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img