Monday, May 12, 2025
समाजपानी ल्याउने सपना पूरा भएपछि भावुक बने मेयर साम्पाङ
spot_img

पानी ल्याउने सपना पूरा भएपछि भावुक बने मेयर साम्पाङ

spot_img

झापा – कडा परिश्रम र मेहेनतको परिणामस्वरूप धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् ।

कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरातमा उनी भावुक भएका थिए । पानी धरान ल्याउनकै लागि मेयर साम्पाङलगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए ।

कोकाहाको पानी धरान ल्याउन सफल मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले कोकाहा खोलाको पानीमा नुहाउन धराने जनतालाई आह्वान गरेका छन् ।

उनले लेखेका छन्, ‘आज ११ बजेदेखि कोकाहा खोलाको पानीमा नुहाउने कार्यक्रम रहेको छ ! कोकाहाको पवित्र जलले नुहाउन धरान २० को माया धराने साबुन फ्याक्ट्री निर्माण स्थल छेउ पकुवा खोलामा आउनु होला ! जय श्रमदान !’

उनी कोकाहाको पानी पकुवा खोलासम्म नल्याइ घर नै जान्न भन्दै रातभर काममा खटिएका थिए । राति १२ बजेर ३ मिनेटमा उनले दिएको बचन पूरा गर्दै पानी झार्न सफल भएका हुन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img