काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एकरदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । काठमाडौं उपत्यकामा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसमविद्का अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन चट्याङसहित वर्षा भएर यो सिस्टम अहिले क्रमशः देशको पूर्वी भेगतर्फ सरिरहेको छ ।