समाजसीमा मिचेको विरोधमा हस्ताक्षर संकलन

सीमा मिचेको विरोधमा हस्ताक्षर संकलन

मकवानपुर: भारतले सीमा मिचेको भन्दै विरोधस्वरुप हेटौँडाको बुद्धचोकमा मंगलबार बिहान हस्ताक्षर संकलन गरिएको छ । मकवानपुर युवा संगठनको नेतृत्वमा हस्ताक्षर संकलन कार्यक्रम भएको हो  ।

मकवानपुर युवा संगठन जिल्ला अध्यक्ष सुनिल सिन्तानका अनुसार  भारतले नेपालको सीमा मिचेको विरोधमा सबैको हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीलाई  बुझाउन लागिएको हो ।

एमसीसी सम्झौता खारेज गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतले साँस्कृतिक नक्सा प्रकाशन गरेको विषयमा पनि संगठनले विरोध जनाएको छ । भारतको साँस्कृतिक नक्सा खारेज गर्न, महंगी, भ्रष्टाचार, कमिसन, लघुवित्त र मिटरव्याजको ज्यादतीको विरुद्धमा हस्ताक्षर संकलन कार्यक्रम गरेको सिन्तानले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img