मौसमआज यी ठाउँहरुमा भारी वर्षाको सम्भावना

आज यी ठाउँहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं: आज कोशी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसाेको समयमा भन्दा राति भारी पानी पर्ने अनुमान छ । यी प्रदेशका केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम तथा राति भने भारी  पानी पर्ने सम्भावना रहेको छ  ।

यस्तै, आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको महाशाखाले जनाएको छ ।

यस्तै, पश्चिमी क्षेत्रमा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको पनि असर रहेकाले आज हल्का वर्षाको अनुमान गरिएको  छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img