Wednesday, January 15, 2025
समाजअनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा

अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकाले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरेको छ । २०८५ साल भित्र सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गर्ने अभियान अन्तर्गत बुधबार बागमती गाउपालिकाको परिसरमा बृहत कार्यक्रमको बीच अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरिएको हो ।

IMG 0660 scaled

घोषणा सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अहिलेको शिक्षा प्रणालीमा प्रश्न उठिरहेको बेला अनिवार्य शिक्षा प्रदान गर्न चुनौतिका बीचमा पनि कार्यक्रम सफल गर्न सकेको बताईन ।

यस्तै बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले कार्यक्रमको घोषणा भएपनि कार्यन्वयन गर्न चुनौतीहरुको चाङ हुने बताए । हाल यस पलिकामा बिद्यालय बाहिर रहेको २ सय ५० जना बालबालिकालाई बिद्यालयसम्म ल्याउने बाताबरण तय गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । अभिवाकको समस्या, आर्थिक, सामाजिक समस्या र भौगोलिक समस्या के हो भनी सबै कुराको खोजी गरेर समस्याको समाधान गर्नुपर्ने उनको भनाई छ ।

यस्तै गाउँपालिका अध्यक्ष सर्केश घलानले अबको शिक्षा सीप र रोजगार संग जोडेर जनताको जीवन स्तर उकास्ने खालको योजना बन्ने बताए । उनले आगामी दिनमा शिक्षा क्षेत्रको बिकासको लागि पालिका सदैब साथमा रहेकोले सबै शिक्षकहरुलाई कर्मनिष्ठ भएर बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न आह्वान गरे ।

IMG 0657 scaled

बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पुर्णबहादुर दर्जीले गाउ टोल सम्म शिक्षा बिकासको अनिवार्य तथा नि:शुल्क शिक्षा पूर्ण लागु गर्न चुनौती रहेता पनि खोजीनीति गरेर समस्याहरु बुझ्दै, अभिभावक, सामाज, सबै क्षेत्रमा सर्बेक्षण गरेर मात्र कर्यान्वयनमा सम्भब रहेको बताए ।

२०८५ साल भित्रमा अनिबार्य तथा नि:शुल्क शिक्षा पूर्ण कार्यन्वयन गर्ने सरकारको अभियान अनुसार बागमती प्रदेशको १ सय १९ स्थानीय तह मध्ये मकवानपुरको बागमती गाउँपालिका पहिलो गाउँपालिका भएको उनले बताए ।

यसभन्दा पहिले दोलखा जिल्लामा पूर्ण अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा भएको थियो।

पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत् अभिमुखीकरण, घरधुरी सर्वेक्षण, विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन, अभिभावक चेतना कार्यक्रमअन्तर्गत् वडाहरुमा सडकनाटक प्रदर्शन समेत गरिएको थियो । पालिकामा ५० सामुदायिक विद्यालय रहेकोमा हाल ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये पढाइ छाड्ने दर १० प्रतिशत रहेको छ ।

६ जना पत्रकार समानित

समाचार लेखन मार्फत योगदान पुर्याएको भन्दै मकवानपुरको बागमती गाउँपालिकाले ६ जना पत्रकारलाई सम्मान गरेको छ। गाउँपालिकाले आयोजना गरेको अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा सभामा इन्फो नेपालका भण्डारीसहित ६ जना पत्रकारलाई सम्मान गरेको हो।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img