काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई रास्वपामा जोड्ने चाहना बताएका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा सभापति लामिछानेले स्वतन्त्रतर्फबाट निर्वाचन जितेका मेयरहरूलाई रास्वपामा सदैव बाटो खुल्ला रहेको बताएका हुन् । साथै उनले पार्टी स्थापनाको १ वर्ष सकारात्मक र उर्जावान भएको दाबी गरेका छन् ।
पार्टी स्थापनाको १ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरुले १ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भएको दाबी गरेका हुन् । उनले पार्टी विस्तारमा सार्वजनिक सञ्चारमाध्यमदेखि सबैको हात रहेको भन्दै धन्यवाद समेत ब्यक्त गरे ।
उनले ‘ह्याप्पी डे’ मनाउने भन्दै विगतमा गल्ती गरेको भए क्षमा माग्ने र सहयोग गर्नेहरुलाई धन्यवाद दिने बताए ।



