Sunday, July 13, 2025
समाजअविवाहितलाई भत्ता दिने !

अविवाहितलाई भत्ता दिने !

spot_img

काठमाडौँ: अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिइने भएको छ। गुल्मीको गुल्मी दरबार गाउँपालिकाले निर्वाह भत्ता दिने भएको हो ।

बिहीबार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गापा अध्यक्ष सरोजकुमार थापाले गापाभित्र रहेका ४० वर्ष कटेका महिला र ४५ वर्ष कटेका पुरुषका लागि जीवन निर्वाह भत्ता दिने नीति बनाएको बताएका छन्।

यस्तै गापाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइने मदिरालाई ब्रान्डिङ गरी बजारीकरण गर्ने नीति लिइएको छ। गापाले ‘हाम्रो गाउँ स्वस्थ बनाऊँ’ भन्ने नीति पनि लिएको छ। नसर्ने रोग क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौला रोगबाट बच्नका लागि समुदाय स्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

पालिका स्तरमा एमबीबीएस डाक्टरको व्यवस्था गरी पालिकास्तरबाटै विशेषज्ञ सेवा दिने नीति निर्माण गरिएको छ। दीर्घ रोगीलाई निःशुल्क औषधिको व्यवस्था गर्नुका साथै बिरामीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ। पालिकाभित्रका बासिन्दालाई मासिक २० युनिटसम्मको महसुल पालिकाले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img