Thursday, July 17, 2025
समाजअपाङ्गता भएका व्यक्तिहरुलाई सहायता समाग्री वितरण

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता समाग्री वितरण

spot_img

मकवानपुर: बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग कोष काठमाडौंको सहकार्य र राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरिएको छ ।

बुधबार बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी मन्त्री कुमारी मोक्तानले प्रदेश भित्रका ७० जना अपाङ्गता व्यक्तिलाई सहायता सामग्री वितरण गरेकी हुन् ।

- Advertisement -

गोडाभन्दा मुनिका कृत्रिम खुट्टा ७ वटा, गोडाभन्दा माथिको कृत्रिम खुट्टा २ वटा, वैशाखी ६ वटा, गोडाभन्दा मुनिको सपोर्ट ७ वटा, गोडाभन्दा माथिको सपोर्ट १ वटा, कानमा लगाउने हेरिङ एड ३ वटा वटा वितरण गरिएको छ । यस्तै लड्ठी २ वटा, ह्वील चेयर २३ वटा इलेक्टी्र ह्वील चेयर १ वटा, वाइट क्यान २७ वटा र एयर म्याटे्रक्स एक वटा वितरण गरिएको छ ।

बागमती प्रदेश सरकारको १५ लाख रुपैयाँ अनुदान र राष्ट्रिय अपाङ्ग कोष काठमाडौंको ४ लाख २७ हजार ५ सय ३७ रुपैयाँको गरी १९ लाख २७ हजार ५ सय ३७ रुपैयाँको सहायता सामग्री वितरण गरिएको हो  ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img