Friday, February 7, 2025
समाजसंघसंस्थाहरुको सक्रिय सहयोगले रक्तसंचार केन्द्र हेटौँडामा रगत संकलनमा वृद्धि

संघसंस्थाहरुको सक्रिय सहयोगले रक्तसंचार केन्द्र हेटौँडामा रगत संकलनमा वृद्धि

हेटौँडा: रक्तसंचार केन्द्र हेटौँडाले गत बर्ष भन्दा रगत संकलनमा उल्लेखिय वृद्धि गरेको छ । केन्द्रले आर्थिक बर्ष ७८/७९ मा ३०६९ युनिट रगत संकलन गरेकोमा गत बर्ष ३ हजार ५ सय ७६ युनिट रगत संकलन गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक प्रसाद दाहालले जानकारी दिए । ९६ संस्थाको सहयोगमा भएको बिभिन्न कार्यक्रम मार्फत उक्त संख्यामा रगत संकलन भएको उनले बताए ।

रक्तसञ्चार केन्द्रका अनुसार गत बर्षमा मात्रै ३ हजार ६ सय २३ युनिट रगत वितरण गरिएको छ । जसमा १०० युनिट रक्तसञ्चार केन्द्र भरतपुर, ३१० युनिट रक्तसञ्चार केन्द्र लाहान र अरु मकवानपुर मै खपत भएको रक्तसञ्चार केन्द्रका प्रमुख टंक प्रसाद दाहालले बताए ।

संघसंस्थाहरुको सक्रिय सहयोग रहेको बताउदै “बिभिन्न संघसंस्थाले एकदमै माया गर्नुभएको छ । अभाव अनुसार हाम्रो अनुरोधलाई सुईकर्दै रगत संकलन कार्यक्रम संचालन गर्न निरन्तर सहयोग गर्नुभएको छ” उनले भने । बिभिन्न राजनीतिक दल, सहकारी संस्थाहरु, बिधार्थी संगठन, लियो क्लब, लायन्स क्लब, जेसीस क्लब आदिको सक्रिय सहयोग रहेको दाहालले बताए ।

दाहालले “स्थापना दिवसमा मात्र नभई प्रत्यक महिना हरेक संघसंस्थाहरुले आफ्नो क्यालेन्डरमा रक्तदान कार्यक्रम राखिदिनुभयो भने अझै सहज हुने” बताउदै एक घर एक रक्तदाता अभियान संचालन गर्न तयारीमा रहेको पनि जानकारी दिए ।

मकवानपुर जिल्लाका ७ वाट पालिकाहरुले आफ्ना जनतालाई निशुल्क रगत उपलब्ध गराईदिन रक्तसञ्चार केन्द्र संग सहकार्य गरेको र यसको सुरुवात बकैया गाउँपालिकाले ३ बर्ष अघि गरेको उनले बताए । थाहा, कैलास र इन्द्रशरोवर गरि ३ पालिकाको प्रकियामा रहेको पनि उनले सुनाए ।

त्यस्तै असार देखी औपचारिक उद्घाटन भएपनी रगततत्व गत फागुनदेखी नै बर्गिकरण गर्न लागेको दाहालले बताए । फागुन यता १६० युनिट सोतो रगत बर्गिकरण गरिएको उनले जानकारी दिए । फागुन देखी भदौसम्म रगतको माग बढी हुने पनि उनले बताए ।

बागमती प्रदेश सरकारले जनतालाई निशुल्क रगत उपलब्ध गराउने नीति ल्याएको भएपनी तेती प्रभावकारी नभएको बताउदै हेटौडा अस्पतालबाट सेवा लिनेलाई मात्र उक्त नीति लागु भएको दाहालले बताए ।

हेटौँडामा किड्नीका बिरामी धेरै छन्, प्रत्यक दिन हेटौँडा अस्पतालबाट २२ जानाले डायलिसिस सेवा लिने गरेको तथ्यांकले देखाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस