Wednesday, February 12, 2025
समाजकर्णाली भन्दा बिकट लाग्ने मोरङ बेलबारीको कारुणिक दृश्य

कर्णाली भन्दा बिकट लाग्ने मोरङ बेलबारीको कारुणिक दृश्य

सुनसरी / मुनिबाट बगिरहेको केशलिया खोला , त्यसमाथि लगाईएको पानीको पाईप सँगै आसपासमा तेर्साइरएका पुराना बाँस,त्यहि पाईप र बाँसको सहारामा ज्यान जोखिममा राखेर २० जना बढी बिद्यार्थीहरु अध्यायनका लागि दैनिक ओहोरदोहोर गरिरहन्छन् ।

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५ को यो दृश्य देख्दा जो कोहीलाई बिकट कर्णालीको झल्को दिलाउँछ । दैनिक ज्यान नै जोखिममा राखेर बिद्यार्थी र स्थानीय वारिपारी गर्छन,तरपनि स्थानीय सरकारको आँखा यहाँ कहिल्यै नपुगेको स्थानीयको गुनासो गर्छन् ।

स्थानीयले यो वास्तविकता सहितको तस्विर र सम्बन्धित ठाँउमा पुगोस भन्ने आशयका साथ म्यासेज गरेपछि यि तस्विरहरु हेरियो,यि दृश्यहरुले मन नै अमिलो बनायो,यो तस्विरहरु पोष्ट नगरी मनले मानेन् ।

यसै विषयलाई लिएर स्थानीय र भोलिका कर्णधार बिद्यार्थीको भविश्यमाथि खेलवाड नगरियोस,सम्भावित दुर्घटनालाई समेत मध्यनगर गर्दै तत्काल स्थानीय निकाय,सरकार लगायत जिम्मेवार निकायको आँखा यहाँ पुगोस ।

तस्विर : स्वस्तिका बस्नेत |

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस