Wednesday, February 12, 2025
समाजएक्सपर्ट एजुकेशन इटहरीद्वारा नव आगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान गरियो

एक्सपर्ट एजुकेशन इटहरीद्वारा नव आगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान गरियो

सुनसरी / एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले नव आगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

मंगलबार कार्यक्रम आयोजना गरी एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले नव आगन्तुक विधार्थी लक्षित गर्दै स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा एक्सपर्ट एजुकेशन शाखा इटहरीका अध्यक्ष कमल प्रसाद तिम्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रेरक युवा वक्ता दीपेन्द्र निरौलाले उत्प्रेरणाका ज्ञान सिकाएका थिए ।

२०२२/२३ मा अष्ट्रेलिया २ सय १० जना युके ३७ जना , युएसए ९ जना , क्यानडा ३३ जना पठाएसकेको र विद्यार्थीलाई विदेश जाने सिकाई सम्बन्धि ज्ञान दिलाइको एक्सपर्ट एजुकेशन इटहरीका अध्यक्ष कमल प्रसाद तिम्सिनाले बताए । अष्ट्रेलियाकाबाट समेत जुम मार्फत विद्यार्थीहरूलाई बाहिरी देश गएर कसरी पढ्ने भन्ने विषयमा जानकारी गराईको थियो ।

एक्सपर्ट एजुकेशन इटहरीले विगत विस वर्ष देखि सेवा दिदै आएको छ । कन्सल्टेन्सीले अष्ट्रेलिया , क्यानडा , युके , युएसए लगाएत देश जाने विद्यार्थीहरूलाई भाषा पढाउदै आएको छ । स्वागत तथा सम्मान कार्यक्रममा २ सय वढि विद्यार्थीहरूको उपस्थित रहेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि एक्सपर्ट एजुकेशन शाखा इटहरीका अध्यक्ष भवकृष्ण तिम्सिना, युवा प्रेरक वक्ता दीपेन्द्र निरौला, एक्सपर्ट एजुकेशन विराटनगरका प्रवन्धक निर्देशक अनुभव दाहाल र एक्सपर्ट एजुकेशनमा कार्यरत कार्मचारी लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।IMG 20230822 210823

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस