समाजचुरीयामाइ मन्दिर नजिक तीर्थ यात्री बोकेको बस दुर्घटनामा ७ जनाको मृत्यु, १७...

चुरीयामाइ मन्दिर नजिक तीर्थ यात्री बोकेको बस दुर्घटनामा ७ जनाको मृत्यु, १७ जना घाईते

मकवानपुर: बारामा तीर्थयात्री बोकेको बस चुरीयामाइ मन्दिर नजिक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए  । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा ४ जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए  । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा १७ जना घाइते
दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार भारत राजस्थान बस्ने अन्दाजी ४८ बर्षको घनश्याम चतुरबेदी, महोत्तरी जिल्ला जलेश्वर नगरपालिका बस्ने अन्दाजी ३८ बर्षको बिहारी मुखीया, धनुषा जिल्ला मौवा गाउँपालिका १८ जनकपुर बस्ने बर्ष बर्ष ४१ को घुरन मण्डल, महोत्तरी जिल्ला लोहारपति नगरपालिका ५ बस्ने अन्दाजी बर्ष २६ को जसबेन्दर पासवान, भारत राजस्थान बस्ने अन्दाजी बर्ष ५३ की माया देबी, सोही ठाउँ बस्ने अन्दाजी बर्ष ३५ को अनिल कुमार, अन्दाजी बर्ष ५० को तारा वती चतुरबेदी, निजकै नातिनि अन्दाजी बर्ष ९ की क्रितिका चतुरबेदी, अन्दाजी बर्ष ४८ को श्याम लाल माली अन्दाजी बर्ष ४७ को हरवारी माली, अन्दाजी बर्ष ७० की चौथी देबी, अन्दाजी बर्ष ७२ को सुरेस चन्द्र चक्रवती, अन्दाजी बर्ष ७३ को राम प्रसाद, भारत राजस्थान बस्ने अन्दाजी बर्ष ६३ को धरम सिंह, सोहि ठाउँ बस्ने अन्दाजी बर्ष ६० की ईन्दु धाकद, अन्दाजी बर्ष १६ की गर्बिदा चतुरबेदी, र अन्दाजी बर्ष ५४ को राम कुमार चतुरबेदी घाईते भएका छन् ।

मृतक सातैजनाको सनाखत
बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img