Saturday, February 15, 2025
समाजहेटौँडामा दुईजना डाक्टर कुटिए

हेटौँडामा दुईजना डाक्टर कुटिए

मकवानपुर: हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डाक्टरमाथि कुटपिट भएको छ । बुधबार हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि एडवियु वाडैमा कुटपिट भएको हो ।

एक महिना अघि सञ्चोमा डेङ्गु परिक्षण गर्दा पुष्टि भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको बुझिएको छ । डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरी अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखेका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।

कुटपिट हुँदा डाक्टर थापाको भने नाकमा गम्भीर चोट लागेको जनाएको छ । डाक्टरहरुलाई हस्पिटलभित्र कुटपिट गरेपछि अन्य डाक्टरहरुलाई ओपिडी पनि बन्द गराएर आन्दोलन गरेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img