Wednesday, December 4, 2024
समाजतीजभर पशुपति वरपर मासु र मदिरा निषेध

तीजभर पशुपति वरपर मासु र मदिरा निषेध

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्वलाई लक्षित गरेर पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको हो ।

पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेर मदिरा, मासु र अन्य नशालु पदार्थ निषेध गरिएको काठमाडौं प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनाकाे अटेर गरेमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img