समाजकञ्चनपुरमा पनि उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात

कञ्चनपुरमा पनि उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात

spot_img

कञ्चनपुर: कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीमाथि एक समूहले हातपात र गालीगलौज गरेका छन् ।

गएराति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी-५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि उक्त समूहले हातपात र गालीगलौज गरेको हो ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सीसीटीभी फुटेजमा नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा नेपाल तरुण दल कञ्चनपुरका जिल्ला विभाग प्रमुख रामु भनिने रामबहादुर खड्काले ड्युटीमा रहेका अहेब गैरेको घाँटी च्यापेको प्रष्ट देखिन्छ । सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदा पनि सुरक्षाकर्मी भने निरीह भएर मुकदर्शक बनेको देखिन्छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराइसकेको भएपनि अहिलेसम्म कुनै पहल नभएको अहेब गैरेले जानकारी दिए । उक्त स्वास्थ्य केन्द्रका प्रमुख गोविन्दबहादुर बिष्टले घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि गुण्डागर्दी शैलीमा आएर हातपात र दुर्व्यवहार गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गरेका छन् । उनले अन्यथा स्वास्थ्यकर्मीले अन्य विकल्प अपनाउन सक्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img