Monday, April 21, 2025
समाजमुगुको सदरमुकाम गमगढी बजारमा आगलागी
spot_img

मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी

काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएको उनले बताए । डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको डीएसपी थापाले बताए ।

जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । तर, क्षतिको पूर्ण विवरण भने आइनसकेको डीएसपी थापाको भनाइ छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img