Saturday, April 19, 2025
समाजवडाध्यक्षले कुटे अस्पतालका डाक्टर
spot_img

वडाध्यक्षले कुटे अस्पतालका डाक्टर

काठमाडौं– केही दिन अघि हेटौंडाको एक अस्पतालमा दुई जना डाक्टर कुटिएको घटनाको विवाद सेलाउन नपाउँदै लमजुङमा एक जनप्रतिनिधिले डाक्टर कुटेका छन् । बेसीशहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई कुटपिट गरेको समाचार छ ।

आइतबार राति मादक पदार्थ सेवन गरी वडाअध्यक्ष बस्नेतले डाक्टर अधिकारीलाई कुटपिट गरेको चिकित्सकहरुले आरोप लगाएका छन् । वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालका डाक्टर सुदर्शन आचार्यले बताएका छन् ।

अस्पताल पुगेर वडाध्यक्ष बस्नेतमाथि अश्लील शब्द प्रयोग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसंग भनाभन गरेको आरोप छ । उनले भनाभनकै क्रममा नर्सिङ कक्षमै डाक्टरलाई मोबाइलले झटारो हानेको बताईएको छ । अस्पतालको नर्सिङ कक्षभित्र बसेका डाक्टर, नर्स लगायतका टोलीलाई नर्सिङ कक्षको ढोका फोडेर पुनस् आक्रमणमा उत्रिएको समेत उनीमाथि आरोप छ ।

उक्त घटनाले अस्पतालमा असुरक्षित वातावरण बनाएको भन्दै तत्काल प्रमुख जिल्ला अधिकारीलाई घटना गराएपछि वडाध्यक्ष बस्नेत आइतबार राति नै अस्पतालबाट प्रहरीले पक्राउ गरिएको बताईएको छ । अस्पतालका चिकित्सकको टोलीले सोमबार बिहान घटनाका विषयमा प्रहरीले लिखित उजुरी दिएका थिए।

डाक्टरलाई हातपात गरेपछि आइतबार राति पक्राउ परेका वडाध्यक्ष बस्नेत एमालेबाट निर्वाचित हुन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img