समाजहेटौँडामा खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु

हेटौँडामा खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु

मकवानपुर: हेटौँडाको राप्ती खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु भएको छ ।  हेटौंडाको भैरव रोड बस्ने फिरज अन्सारीका १० वर्षीय छोरा संसद अन्सारीको खोलाले बगाउँदा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार अन्सारी घर परिवार सहित हेटौंडा सब्जी मन्डि नजिक राप्ती खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा उनलाई खोलाले बगाई ५ सय मिटर तल राप्ती पुल नजिक पुर्याएको थियो । अन्सारीलाई परिवारले बेहोस अवस्थामा फेला पारी उपचारको लागि हेटौंडा अस्पताल लगेकोमा मंगलबार दिउँसो निजलाई डाक्टरले मृत घोषणा गरेका हुन् । 

अन्सारीको शव हेटौँडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img