Sunday, April 20, 2025
समाजज्येष्ठ नागरिकलाई मेयरले दिईन कम्बल, लैरो र मोबाईल फोन
spot_img

ज्येष्ठ नागरिकलाई मेयरले दिईन कम्बल, लैरो र मोबाईल फोन

मकवानपुर: हेटौंडा उपमहानगरपालिकाकी मेयर(प्रमुख) मिना कुमारी लामाले ज्येष्ठ नागरिकलाई कम्बल, लैरो र मोबाईल फोन वितरण गरेकी छन् ।

हेटौंडा उपमहानगरपालिकाले ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौँडामा ज्येष्ठ नागरिकलाई सम्मान  गर्दै  उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले सम्मानस्वरुप एक थान कम्बल, एउटा लैरो र मोबाईल फोन वितरण गरेकी हुन् ।

सम्मान कार्यक्रममा पालिका भित्रका १९ वटा वडाका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रत्येक वडाका गरिब तथा विपन्न ५/५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।  सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

कार्यक्रममा उपमहानगरपालिको सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न वडा–वडामा ज्येष्ठ नागरिक मञ्च गठन गरिएको बताउदै नगरस्तरीय ज्येष्ठ नागरिक मञ्च गठनको तयारीमा रहेको बताईन ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img