Monday, April 21, 2025
समाजमकवानपुरमा सवारी दुर्घटना हुँदा ४२ वर्षीय श्रेष्ठ मृत्यु 
spot_img

मकवानपुरमा सवारी दुर्घटना हुँदा ४२ वर्षीय श्रेष्ठ मृत्यु 

मकवानपुर: मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नुवाकोटको बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठले दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img