समाजधानको बोराले थिचेर ७२ वर्षीया महिलाको मृत्यु

धानको बोराले थिचेर ७२ वर्षीया महिलाको मृत्यु

मकवानपुर: सिन्धुलीमा धानको बोराले थिचेर ७२ वर्षीया महिलाको मृत्यु भएको छ ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१, आँपघारीमा धानको बोराले थिचेर ७२ वर्षीया पदममाया नेपालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशले जनाएको छ छ ।

घरमा एक्लै बस्दै आएकी नेपाल ढुङ्गा माटोले बनेको कच्ची २ तले घरको कोठाको भुईँमा धान राखेको ६ वटा बोराले थिचिएको अवस्थामा शनिबार राती १२ बजे मृत फेला परेकी थिइन् ।

नेपालका ५ जना छोराहरू रहेकोमा सबै काठमाडौ बस्दै आएकोमा १८ गतेबाट फोन सम्पर्कमा नआएपछि छोराहरु घरमा आएपश्चात मृत्युभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img