Sunday, September 8, 2024
समाजकोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
spot_img

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम ४७ जना सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीको समर्थनसहित विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्रीले प्रदेश सभामा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा पाँच मत परेको थियो । मुख्यमन्त्री कार्कीको प्रस्तावको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच जना सांसदले मतदान गरे । बुधबारको बैठकमा उपसभामुख बाहेक ९१ सांसद उपस्थित थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद अनुपस्थित रहेका थिए ।

बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोकेर स्थिर सरकार बनाउन नयाँ परिस्थितिबाट मुख्यमन्त्री बन्नुपरेको बताए । विकास र सुशासनसहित प्रदेशमा स्थिर सरकार दिनका लागि सबै दलहरूका सांसदहरुबाट आफूले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img