काठमाडौं : काठमाडौं लगायत आसपासका जिल्लामा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दु धादिङको मैदीमा भएको पाइएको छ।
युरोपेली भूमध्ये भूकम्प विज्ञान केन्द्रका अनुसार धादिङको मैदी केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प जमिनभन्दा १३ किलोमिटर गहिराइमा गएकाले ठूलो धक्का महसुस भएको केन्द्रले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु काठमाडौंबाट १०० किलोमिटर पश्चिममा र भरतपुरबाट ४१ किलोमिटर उत्तर पूर्वमा रहेको केन्द्रको वेबसाइटमा उल्लेख छ।
भूकम्पको धक्का ६० किलोमिटर रेडियससम्म महसुस गरिएको केन्द्रले जनाएको छ।
भूकम्पले लगभग १५ सेकण्डभन्दा लामो समयसम्म जोडले हल्लाएको थियो।



