देशबागमती प्रदेशगाउँबाट कोसेलीस्वरुप लिएको घरेलु मदिरा प्रहरीले गर्यो नष्ट

गाउँबाट कोसेलीस्वरुप लिएको घरेलु मदिरा प्रहरीले गर्यो नष्ट

हेटौँडाः दसैं सकाएर काठमाडौं फर्कँदै गरेका यात्रुको सवारी साधनमा गाउँबाट कोसेलीको रुपमा लिएर गएको घरेलु मदिरा प्रहरीले बाटैमा नष्ट गरिदिएको छ ।

शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेको समयसम्ममा कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–१२, ठिंगनमा प्रहरीले सवारी साधनलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बरामद भएका घरेलु मदिरा ३ सय ७५ बोतल नष्ट गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्लास्टिकका बोतलमा लिएर गएका कोसेली बरामद गरी प्रहरीले सम्बन्धित व्यक्तिलाई नै नष्ट गर्न लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img