Monday, January 13, 2025
समाजषडानन्द नगरपालिकाको दुर्गम वडाका योजनाहरु वडावाटै सम्झौता हुने

षडानन्द नगरपालिकाको दुर्गम वडाका योजनाहरु वडावाटै सम्झौता हुने

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाको केन्द्रवाट टाढा रहेका वडाका योजनाहरु वडामै सम्झौता हुने भएको छ ।

नगरबासिहरुको सहजताका लागि १,२,३,९,१०,११,१२,१३ र १४ मा नगरपालिकाको जनप्रतिनिधीहरु, कर्मचारिहरु र राष्ट्यि बाणिज्य बैङ्कको कर्मचारिको टोलीले वडाका योजनाहरुको सम्झौता वडामानै गर्नेकामको सुरुवात गरेको हो ।

आजैवाट वडा नम्वर- १ नेपालेडाँडाबाट योजना सम्झौताप्रारम्भ गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले जानकारी दिए । बैंक खाता खोल्ने, केवाईसी भर्ने लगायतका काम सवै काम वडावाटै गरिने भएको छ । अव योजना सम्पन्न गरेर भुक्तानिकोलागि मात्र एक पटक नगरमा आए पुग्ने पनि नगर प्रमुख सुरेन्द्र उदासले वताए ।

यस अघि टाढाका वडाका योजना सञ्चालन गर्नको निमित्त पटक-पटक नगरपालिका तथा बैंक धाउनुपर्दा सेवाग्राहीहरुले सास्ती भोग्नु परेको थियो । साना साना काजजपत्र मिलाउन समेत बैंक तथा नगरमा पटक-पटक नगरमा धाउनुपर्दा उपभोक्ता समितिहरुमा नैरास्यता छाएको थियो । वडामै योजना सम्झौता हुने भएसँगै उपाभोक्ता समितिहरु पनि उत्साहित भएकाछन् । साविकका १० वडा गाउँ विकास समिति गाभेर वनाईएको षडानन्द नगरपालिका जिल्लाकै सवैभन्दा ठूलो पालिका हो ।

बाँकी वडाहरुमा समेत निर्धारित मितिमा योजना सम्झौताको लागि सबै योजनाका उपभोक्ता समितिलाई सुचित गर्नको लागि सम्बन्धित वडाध्यक्ष हरुलाई नगर प्रमुख उदासले अनुरोध समेत गरेकाछन् ।sadananda

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img