Monday, January 13, 2025
समाजकाँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा तीनको मृत्यु

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा तीनको मृत्यु

सुनसरी / काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बुधबार बिहान २ बजे बारामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

जीतपुर सिमरा २२ मा रहेको ३ नं. पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ट्रक चालक तनहुँ पीपलटार बस्ने २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर, हेटौँडाका ४० वर्षीय हरि शम्सेर सुयाल थापा र ३० वर्षीय अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

घाइतेहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img