Friday, July 18, 2025
समाजहेटौँडामा रैथानेबालीबाट प्रशोधित खाद्य उत्पादन, मन्त्री लामाद्वारा प्रशंसा

हेटौँडामा रैथानेबालीबाट प्रशोधित खाद्य उत्पादन, मन्त्री लामाद्वारा प्रशंसा

spot_img

हेटौँडा- हेटौँडाको एक सहकारी संस्थाले रैथानेबालीबाट विभिन्न प्रशोधित खाद्य उत्पादन गरी बजारमा विक्री वितरण सुरु गरेको छ। श्री सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाले रैथानेबालीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो पहल थालेको हो। सहकारीले आफ्नै उद्योगबाट कोदो, फापर, तोरीको तेल, बेसार, ग्रीन टी लगायतका वस्तु उत्पादन गरी बिक्री वितरण गरिरहेको छ।

बिहीवार उक्त सहकारीको ५ औं स्थापना दिवसका अवसरमा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सहकारी क्षेत्रबाट यस्ता पहल सराहनीय रहेको बताएका छन्। मन्त्री लामाले सहकारी क्षेत्र राज्यको तीन खम्बेमध्ये एक भएकाले यसको विकासमा ठूलो भूमिका रहेको बताए। उनले आर्थिकरूपमा कमजोर वर्गलाई उत्पादनमा ल्याएर आर्थिक सशक्तीकरण गर्न सहकारी महत्वपूर्ण हुने धारणा राखे।

- Advertisement -

साथै उनले सहकारी क्षेत्रका विकृति न्यूनीकरण गर्न आग्रह गरे। सहकारीको नियमन र अनुगमनलाई प्रभावकारी बनाउन सरकार लागिपरेको उनको भनाई छ। रैथानेबालीबाट उत्पादित स्वास्थ्यवर्द्धक खाद्य वस्तुको उत्पादन र बिक्रीले स्थानीय किसान तथा उद्यमीलाई फाइदा पुग्ने विश्वास मन्त्री लामाले व्यक्त गरे।

संस्थाका अध्यक्ष राम बहादुर बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा ७ का अध्यक्ष दामोदर गौतम, संस्थाका सल्लाहकार रघुरमण न्यौपाने, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङ, सल्लाहकार रामकृष्ण थापा, हरीप्रसाद वाग्ले लगायतको आतिथ्यता रहेको थियो ।

सोही अवसरमा संस्थाले सल्लाहकारतर्फ रघुरमण न्यौपाने, वडा अध्यक्ष रामकृष्ण थापा, पुष्पराज थापा, धरम सिंह बोहोरा, रामकृष्ण थापा, मनोहर दाहाल, टीका प्रसाद कंडेल, राधाकृष्ण मैनालीलाई सम्मान गरिएको थियो । त्यस्तै, ऋण उपसमिति सदस्य सुनील कर्माचार्य र संगीता अधिकारी, उत्पादन उपसमिति सदस्य प्रेमनाथ अधिकारी र टीका न्यौपाने, समूह परिचालन उपसमिति शारदा खड्का थापा र कविता केसी, शिक्षा उपसमिति सदस्य दीक्षा रेग्मी, यूवा परिचालन उपसमिति सदस्य एलिस जमरकट्टेल र प्रकाश प्रसाद देवकोटालाई सम्मानित गरिएको थियो ।

सहकारीले आफ्नै मिल उद्योगबाट सर्वोत्तम ब्राण्डका तोरीको तेल, बेसार, फापरको पिठो, ग्रीन टि, बाटे धुप लगायत विभिन्न वस्तुहरु उत्पादन गरी बिक्री गर्दै आइरहेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img