Friday, July 18, 2025
समाजहेटौंडाको वनदेवी मन्दिर शनिबार उद्घाटन हुँदै

हेटौंडाको वनदेवी मन्दिर शनिबार उद्घाटन हुँदै

spot_img

मकवानपुर- हेटौँडा ७ स्थित नागस्वतीमा रहेको वनदेवी मन्दिरको माघ २७ गते शनिबार उद्घाटन गरिने भएको छ। कृष्ण कडेल नेतृत्वको ईन्द्रेणी कार्यक्रम समूहको प्रस्तुतीसहित उद्घाटन कार्यक्रम हुनेछ।

श्री वनदेवी तथा राघा कृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष राजिप प्रसाद ढकालले समाजसेवी मुरलिधर रुङ्गटाबाट नवनिर्मित मन्दिरको उद्घाटन गरिने जानकारी दिए।

- Advertisement -

७ नम्बर वडा कार्यालय नजिकै रहेको मन्दिर करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ। हालसम्म सम्पूर्ण लागत स्थानीय दलबहादुर खड्काले व्यहोर्दै आएका छन्।

मन्दिर कलात्मक शैलीमा निर्माण गरिएको छ र अझै व्यवस्थित रुपमा सञ्चालन गर्न कम्तिमा पनि २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने समितिले लक्ष्य लिएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img