समाजइन्द्रसरोवरमा सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन वेश

इन्द्रसरोवरमा सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन वेश

हेटौँडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन वेश स्थापना गरेको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआईजी लक्ष्मण बहादुर सिंहको प्रमुख उपस्थितिमा इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा वेश स्थापना गरिएको हो। थाहा नगरपालिका, इन्द्रसरोवर र भीमफेडी गाउँपालिकालाई लक्षित गरी सशस्त्र प्रहरीले विपद् व्यवस्थापन वेश राखेको छ।

मनसुनजन्य प्रकोप तथा अन्य विपद् न्यूनीकरणका लागि, सम्भावित दुर्घटनामा उद्धार कार्यलाई सहज बनाउन र शान्ति सुरक्षाका लागि यो वेश स्थापना गरिएको हो। सशस्त्र प्रहरी बल १४ नं गणका प्रमुख अनिल कार्कीले जानकारी दिए ।

विपद् व्यवस्थापन वेशमा शसस्त्र प्रहरी बल नेपाल १४ नं गण हेडक्वार्टर मकवानपुरबाट आवश्यक सामग्री र विपद् तालिम प्राप्त जनशक्ति परिचालन गरिएको छ। उक्त अवसरमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले उद्धार प्रक्रियामा आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेका थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img