पर्यटनसम्भावना बोकेर पनि गुमनाम खाँदबारीको सेकाहा गाउँ

सम्भावना बोकेर पनि गुमनाम खाँदबारीको सेकाहा गाउँ

संखुवासभा- संखुवाशभाको खाँदबारी नगरपालिका वडा नं ४ स्थित सेकाहा गाउँले पर्यटकलाई पर्खिरहेको छ । नेपालमा धेरै पर्यटकीय क्षेत्र मध्य खाँदबारी नगरपालिका ४ को सेकाहा गाउँ अन्य जातजातिको बसोबास रहेपनि सो क्षेत्रमा गुरुङको बाहुल्यता रहेकोले गाउँ गुरुङ कला, संस्कृति, रीतिरिवाज र परम्पराको उत्कर्ष रहेको छ ।

यसैको कारणपनि सांस्कृतिक र भौगोलिक रूपमा रमणीय छ गुरुङ समुदायले गर्दै आएको सांस्कृतिक संरक्षण र यसको प्रवर्धनले पनि पर्यटकको आकर्षणको केन्द्रमा रहेको छ । नेपाल सरकार, स्थानिय तहको वेवास्थाका कारण पहाडी भागको पर्यटकिय क्षेत्र सेकाहा गाउँ ओझेलमा परेको छ ।

मुख्य गरी राडी पाखी, खेती किसानमा निर्भर सेकाहा गाउँ सडक पहुँचको अभावले गुमनाम छ । पाँच बढी घरधुरी रहेको गुरुङ समुदायले सेकाहाको अस्तित्व जोगाएको छ ।
आगन्तुक पर्यटकलाई बास बस्न तथा सुविधाको लागि सेकाहा गाउँमा २०६७ मा भाङखर्क सामुदायिक होम स्टे सञ्चालन भएको थियो। सुरुवाती अवस्थामा यसको कार्यले पर्यटक आकर्षण गर्न निकै दरिलो प्रयास भएको थियो।

स्थानियले रोजगारी समेत पाएका थिए । तर हालको समयसम्म पनि कच्ची सडक विस्तार नभएर वर्षातको समयमा गाडी गुड्ने समेत अवस्था नरहने र हिउँदको समयमा धुलाम्य रहने गरेको कारण पनि आगन्तुक पर्यटकहरू उक्त ठाँउसम्म पुग्न कठिनाई भएको भाङखर्क सामुदायिक होमस्टेका अध्यक्ष भिम प्रसाद गुरुङले बताए

यस्तै सेकाहा निवासी जीत बहादुर गुरुङले गाउँमा विशेष गरी तरकारी खेती जस्तै मुला, आलु साथै कोधो, फापर, मकै उत्पादन हुने र व्यवसायिक रूपमा भेडाको उनबाट राडीपाखी गर्दै आएको बताउँदै यसको व्यापारको लागि ३/४ घण्टा सम्म हिँडेर खाँदबारी बजारसम्म पुगेर बेच्नु पर्ने बाध्यात्मक परिस्थित जानकारी दिए। उनले यस्तो कठिनाई भोग्दै गर्दा पर्यटक आउने वातावरण मिलाउन स्थानीय सरकारलाई आग्रह गरे ।

सेकाहा गाउँमै राडीपाखी गर्दै आएका लिला विक्रम गुरुङले राडीपाखी गुरुङ समुदायको मुख्य पेसा रहेको बताउँदै राडी विषेशगरी जाडो समयमा न्यानो र गर्मीमा चिसो हुने विशेषता पनि जानकारी दिएका छन् । यसको किनबीचका लागि पनि पर्यटकहरु सेकाहा पुग्ने गरेको उनी बताऊछन्। राडी विशेष गरी गुरुङ समुदायमा जन्म, विवाह र मृत्यु लगायतको रितमा प्रयोग हुने पनि उनले बताइन् ।

यसैगरी सेकाहा निवासी पोक्ची माया गुरुङ पनि विगत ४० वर्षदेखि राडीपाखी व्यवसाय गर्दै आएको बताएकी छन् । उनले उत्पादन गरेको राडी नेपालमा मात्र नभएर अमेरिका, जापान, युके लगायत अन्य मुलुकमा पनि व्यापार हुने जानकारी दिएकी छन् ।

सेकाहा गाउँमा सडक विस्तारको नीमित्व सरकार गम्भिर हुन आवश्यक छ । यसले गर्दा पहाडी क्षेत्रको पर्यटकीय स्थलको पर्यटकीय आगमनको चहलपहल बढ्ने साथै स्थानियद्वारा उत्पादित कृषि सामग्री बजार सम्म सहज पहुच हुन्थियो । जसले सेकाहा गाउँको आर्थिक अवस्था मजबुत हुन्छ र पर्यटकको आवतजावत पनि बढेर जाने थियोे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img