हेटौंडा- लदी पर्वको अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले फागुन १५ गते सार्वजनिक विदा दिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सोमबार एक सूचना जारी गरी फागुन १५ गते सार्वजनिक बिदा रहेको जनाएका छन्।
माझी समुदायको मुख्य पर्व लदी पर्व भएकाले गाउँपालिकाको बैठकले सो दिन विदा दिने निर्णय गरेको हो। बकैया गाउँपालिकामा माझी समुदायको ठूलो बसोबास रहेकाले यस्तो निर्णय गरिएको बताइएको छ।