समाजसलामीसहित भक्तराज आचार्यको अन्त्येष्टि

सलामीसहित भक्तराज आचार्यको अन्त्येष्टि

काठमाडौं- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सलामीसहित अन्त्येष्टि गरिएको छ। पशुपतिस्थित आर्यघाटमा छोरा स्वरूपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिएर उनको अन्त्येष्टि गरिएको हो।

पशुपतिस्थित आर्यघाटमा उनलाई गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। भजन शिरोमणिका रुपमा सुप्रसिद्ध आचार्यको शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि हिजो मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img