काठमाडौं – मङ्गलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले तीन प्रदेशमा वर्षा हुने सम्भावना रहेको हो।
उनका अनुसार अन्य प्रदेशमा भने आंशिकदेखि सामान्य मात्र बदली हुनेछ। मौसममा भोलिदेखि मात्र सुधार हुँदै जाने मौसमविद् अर्यालले बताए।
प्रि-मनसुन सुरु हुँदै गर्दा बेलुकापख चट्याङ्सहित पानी पर्ने क्रम बढ्दै जाने उनको भनाइ छ।