समाजप्रेमिकाको हत्या गरी फरार भएका शिवशंकर झुण्डिएको अवस्थामा फेला

प्रेमिकाको हत्या गरी फरार भएका शिवशंकर झुण्डिएको अवस्थामा फेला

विराटनगर । विराटनगरकी २३ वर्षीया नर्स चन्द्रिका कुमारी दासको हत्या गरेर फरार भएका उनका प्रेमी शिवशंकर दास झुण्डिएको अवस्थामा एक होटलमा मृत फेला परेका छन्।

नर्स चन्द्रिकाको शुक्रबार दिउँसो नै हत्या भएको थियो भने उनका प्रेमी शिवशंकर तीन दिनपछि मात्र आइतबार राति होटल फाइनमा मृत अवस्थामा भेटिए। शिवशंकरले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

नोबेल टिचिङ्ग अस्पतालमा कार्यरत नर्स चन्द्रिकाको प्रेमी शिवशंकरले नै हत्या गरेको आशंका गरिएको छ। चार वर्षदेखि प्रेमसम्बन्ध रहेका शिवशंकर र चन्द्रिकाबीच प्रेममा धोका भएको आरोप लागेको छ। प्रहरीले हत्याकाण्ड र आत्महत्याको घटनाबारे अनुसन्धान गरिरहेको छ।

 – विराटनगरमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्या भएको थियो। उनको २२ वर्षीय प्रेमी शिवशंकर दासले नै हत्या गरेको आशंका गरिएको छ। हत्या गरेको तीन दिनपछि शिवशंकर होटलमा झुण्डिएको अवस्थामा मृत भेटिए। दुवैजनाबीच प्रेमसम्बन्ध रहेको र शिवशंकरले चन्द्रिकालाई धोका दिएको आरोप लागेको छ।  प्रहरीले शिवशंकरलाई ट्रयाक गर्दै होटल पुगेर शव फेला पारेको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img