काठमाडौं | नेपाल प्रहरीले गत ६ वर्षमा देशभरका विभिन्न स्थानहरूमा लगाइएको गाँजा र अफिमखेतीलाई फडानी गरेको छ। आर्थिक वर्ष २०७५/०७६ देखि चालु आवको फागुन सम्ममा प्रहरीले ३ हजार बिगाह भन्दा धेरै क्षेत्रफलमा गरिएको गाँजाखेती फडानी गरेको हो।
प्रहरीले सो अवधिमा उत्पादन भएको १९ लाख ५५ हजार ८ सय ५७ बोट गाँजा समेत फडानी गरेको छ। गाँजाखेतीबाहेक ६ सय बिगाहभन्दा धेरै क्षेत्रमा लगाइएको अफिमखेतीबाट उत्पादन भएको ११ हजार २९० बोट अफिम समेत प्रहरीले फडानी गरिसकेको छ।
प्रहरीका अनुसार यी लागुऔषधमध्ये सबैभन्दा धेरै आर्थिक वर्ष २०७७/७८ मा फडानी गरिएको छ। उक्त वर्षमा प्रहरीले १ करोड ४२ लाख ८ हजार ७ सय ३२ बोट गाँजा फडानी गरेको थियो भने त्यसपछिको वर्ष अर्थात् २०७६/७७ मा ९ लाख ६५ हजार ५८ बोट गाँजा फडानी गरिएको थियो।
त्यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रहरीले प्रहरीले ४ सय बिगाह भन्दा धेरै जग्गामा खेती गरीएको गाँजा फडानी गरिसकेको छ । सो अवधिमा ३१ लाख ५१ हजार २२ बोट गाँजा प्रहरीले फडानी गरेको छ भने २ सय बिगाह भन्दा धेरै क्षेत्रफ़लमा लगाईएको ३ हजार ३ बोट अफिम समेत प्रहरीले फडानी गरेको जनाएको छ ।