Monday, May 19, 2025
समाजघाटमा मलामी गएका व्यक्तिले चिर्पट प्रहार गर्दा एक जनाको मृत्यु
spot_img

घाटमा मलामी गएका व्यक्तिले चिर्पट प्रहार गर्दा एक जनाको मृत्यु

spot_img

सुनसरी | इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सोमबार दिउँसो पौने २ बजे “वृहत मुक्तिघाट क्षेत्र विकाश समिति”मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो ।

इटहरी उप-महानगरपालिका -४ गैरीगाँउबाट मलामी आएका ३७ बर्षिय उमेश तामाङ र धरानका ३० बर्षिय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका बिनोद तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा आज दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न उमेश तामाङलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलाश भई रहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img