Friday, January 17, 2025
पर्यटनभारतबाट ६ सय किलोमीटर दौडेर हेटौंडा आइपुगेका तामाङ र शर्मा

भारतबाट ६ सय किलोमीटर दौडेर हेटौंडा आइपुगेका तामाङ र शर्मा

हेटौंडा । छिमेकी मुलुक भारतको साविक दार्जीलिङ र कालिम्पोङ जिल्लाबाट दुई जना युवा खेलाडीहरू दौडेर हेटौंडा आईपुगेका छन् । २७ वर्षीय नरदेन तामाङ र २३ वर्षीय अनुक शर्मा शुक्रबार करिब ६ सय किलोमिटर दूरीको यात्रा पूरा गरी शनिबार सिन्धुली जिल्लाको झनझने हुँदै हेटौंडा आइपुगेका हुन् ।

जल्डका रनर क्लबका सदस्य तामाङ र शर्माले गत अप्रिल ८ तारिखदेखि भारतको प्रसिद्ध केदारनाथ मन्दिरसम्म पुग्ने लक्ष्यका साथ १ हजार ८ सय किलोमिटर दौडिने यात्रा सुरु गरेका थिए ।

शनिबार हेटौंडामा पत्रकारहरूसँग कुराकानी गर्दै आफूहरूले नेपाल र भारतमा धेरैजसो पक्ष मिल्ने भएकोले नेपालहुँदै दौडिन सुरु गरेको बताए। तामाङले भने, “अहिलेसम्म हामीलाई यात्राको क्रममा कुनै असहज भएको छैन। भाषा पनि मिल्छ, अनि बाटोमा सबैको माया पाइरहेका छौं। यो बेला घरदेखि टाढा भएको महशुस भएको छैन, घरमै छौं जस्तो लागिरहेको छ।”

दुबै जनाले ४० दिनभित्र केदारनाथ पुग्ने लक्ष्य लिएका छन्। दैनिक ६० किलोमिटर दौडिरहेका उनीहरू आइतबार चितवन पुग्ने बताएका छन्। जल्डका रनर क्लबका सदस्य गोपाल गुरुङले स्वास्थ्यका लागि दौडिनुपर्ने बताए । “अहिले नेपाल र भारतमा धेरैजसो युवाहरू व्यायाम नगर्ने हुनाले अस्वस्थ छन्, दौडेर स्वस्थ हुनुपर्छ,” उनले भने ।

दुई जनाको संरक्षकको रूपमा क्लबका सदस्य गोपाल गुरुङ, लोकेश तामाङ, असिन भुलेज र सुजन राई पनि शनिबार हेटौंडा आइपुगेका छन्। उनीहरूले यस यात्रामा आफू स्वस्थ स्वतन्त्र महसुस गर्दै आएको बताएका छन्। आफुहरुको यस यात्राले युवा पुस्तालाई स्वस्थ रहन र व्यायाम गर्न प्रेरित गर्नेछ भन्ने विश्वास गरिएको गोपाल गुरुङले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img