समाजगर्मी बढेर पानी नपरेपछि मकवानपुरमा भ्यागुताको विवाह

गर्मी बढेर पानी नपरेपछि मकवानपुरमा भ्यागुताको विवाह

हेटौडा । गर्मी बढेर पानी नपरेपछि पौराणिक धार्मिक विश्वास अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ मा भ्यागुताको विवाह गरिएको छ।

लामो समयदेखि वर्षा नहुँदा खडेरीको अवस्था देखिएपछि स्थानीय जनविश्वासअनुसार भ्यागुताको विवाह गरी वर्षाको आह्वान गरिएको हो। विवाहको शुरुआत वडा नं. १६ को राममन्दिरबाट जन्ती प्रस्थान गरी खमारेको कुवामा पुगेर पञ्चेबाजासहित विधिपूर्वक सम्पन्न गरिएको थियो।

वडा अध्यक्ष रामकृष्ण कोइरालाले लामो समयदेखि वर्षा नहुँदा खडेरीको अवस्था आएकाले स्थानीय संस्कृति अनुरुप भ्यागुताको विवाह गरिएको बताए । “हाम्रो मौलिक संस्कृति अनुसार गर्मीको समयमा वर्षा नहुँदा भ्यागुताको विवाह गरिन्छ। त्यसैले यसपटक पनि भ्यागुताको विवाह गरिएको हो,” उनले भने ।

भ्यागुताको विवाहमा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img