Monday, February 17, 2025
समाजबझाङ र इलामको ताजा मतपरिणाम, दुबैमा एमालेको अग्रता कायमै

बझाङ र इलामको ताजा मतपरिणाम, दुबैमा एमालेको अग्रता कायमै

काठमाडौं | बझाङ र इलाम दुवै क्षेत्रको उपनिर्वाचनमा नेकपा एमालेलाई अग्रता कायम रहेको छ।

हालसम्मको मत परिणामअनुसार बझाङ १ (क) मा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ मत प्राप्त गरी कांग्रेसका अभिषेकबहादुर सिंहलाई एम ९ मतले पछि पारेका छन्। त्यसैगरी, इलाम २ मा एमालेका सुहाङ नेम्बाङले ११ हजार ७८ मत ल्याएर कांग्रेसका डम्बर खड्कालाई ३ हजार ७  सय ५४  मतले पछाडि पारेका छन्।

बझाङमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६ सय ६३ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार ४ सय ५ मतसहित चौथो स्थानमा रहेका छन्।

इलाममा भने स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ६ हजार ९ सय १ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले १ हजार ५ सय १२ मत पाएर चौथो स्थानमा रहेका छन्। यसरी दुवै क्षेत्रमा नेकपा एमालेको अग्रता कायम नै रहेको छ।

गत शनिबार भएको मतदानमा बझाङमा ३० हजार ३२८ जनाले मतदान गरेका थिए भने इलाममा ६९ हजार २ सय ८७ जनाले मत खसालेका थिए।

२०७९ मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्र रिक्त भएकाले उपनिर्वाचन भएको हो भने सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा पनि उपनिर्वाचन भएको हो।

अपडेट: दिउँसो १२ बजेर २० मिनेटमा  ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img