समाजओखलढुंगामा आगलागी हुँदा आमा–छोराको मृत्यु

ओखलढुंगामा आगलागी हुँदा आमा–छोराको मृत्यु

ओखलढुंगा | ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० बेतेनीमा आगलागीमा परेर आमा–छोराको मृत्यु भएको छ ।

आगलागीमा परेर करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उनका १५ वर्षीय छोरा कन्चन धमलाको मृत्यु भएको हो । सोमबार दिउँसो बाहुनडाँडास्थित खरबारीमा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ । केही दिनअघिदेखि नजिकैको बसाहा हरिबोले सामुदायिक वनमा लागिरहेको आगो अनियन्त्रित भएर गाउँ नजिकैको खर वनमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img